arrow

  बादललाई गगनको प्रश्न – यो कसको र कस्तो उटपट्याङ हो ?

logo
प्रकाशित २०७७ मंसिर २७ शनिबार
gagan-thapa-mask.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने नियम बनाइएकोप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् । सामाजिक संजाल ट्वीटरमार्फत प्रतिक्रिया दिने क्रममा नेता थापाले यस्तो नियम बनाएर सरकारले नागरिकलाई खिसी गर्न खोजेको हो ? भनी प्रश्न गरेका छन् ।

उनले ‘भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको ? भनी प्रश्न गरेका हुन् । उनले अंग्रेजी भाषालाई गरिएको अनिवार्यताप्रति समेत आपत्ति जनाएका छन् ।

नेता थापाले सोधेका छन्, ‘अंग्रेजी नजान्ने नागरिक नै हैन ?’ उनले नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि ? माथि भनी गृहमन्त्री रामबहादुर थापा बादललाई प्रश्नसमेत तेस्र्याएका छन् । उनले गृहमन्त्री बादललाई सोधेका छन्, ‘गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो ?’

यस्तो छ गगन थापाको ट्वीटर–
‘भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको ? अंग्रेजी नजान्ने नागरिक नै हैन ? नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि ? गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो ?’



लोकप्रिय समाचार
नयाँ