arrow

‘मिस्टर’ केपी ओलीको खुट्टी हेर्दै थाहा पाइयो : झलनाथ खनाल

‘निर्वाचनबाट ओलीको जमानत खोसिन्छ’

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
jhalnatha.JPG

काठमाडौँ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा केपी ओलीले नेतृत्व गरेको पार्टीको जमानत नै जफत हुने दाबी गरेका छन् । काठमाडौँमा संसद् विघटनको विरुद्धमा आफ्नो पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेकपा वरिष्ठ नेता खनालले ओलीले नेतृत्व गरेको नेकपाको आगामी निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रबाट जमानत खोसिने दाबी गरे ।

‘मिस्टर केपी ओली तपाइको खुट्टी हेर्दै पत्यायौँ, अबको निर्वाचनमा तपाइको दुई तिहाइ होइन, जमानत जफत हुनेछ, मेची महाकालीका १६५ वटै निर्वाचन क्षेत्रबाट तपाइने नेतृत्व गरेको पार्टीको जमानत जफत हुन्छ,’ नेता खनालले भने ।

उनले पुष्पकमल दाहाल र माधव नेपाललाई प्रधानमन्त्री बनाउन नभएर संविधानको रक्षाका लागि आफ्नो पार्टी आन्दोलनमा उत्रिएको बताए ।  नेता खनालले प्रधानमन्त्री ओली राजनीतिक र सैद्धान्तिक रूपले पराजित भइसकेकाले पशुपतिनाथमा गएर सङ्कल्प गर्न मात्रै बाँकी रहेको बताए ।

नेता खनालले संसद् विघटनको विरुद्धमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी लाईसमेत संयुक्त आन्दोलनको मोर्चामा आउन अपिल गरे । संविधान, लोकतन्त्र र सङ्घीयतालाई बचाउन दलहरू एक ठाउँमा उभिने विश्वाससमेत व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ