काठमाडौँ । प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारत प्रस्थान गरेका छन् ।
शुक्रवार स्वास्थ्य उपचारका लागि नेपाल एयरलाइन्सको विमानबाट वरिष्ठ नेता खनाल भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
उपचारका क्रममा खनाल चार दिन दिल्लीमा रहने छन् भने सोमबार काठमाडौँ फर्कने कार्यक्रम छ। यसअघि अमेरिका र चीनमा उपचार गराएका उनी कोरोना महामारीका कारण भारत गएका हुन् ।
चीनमा क्वारेनटिनमा बस्नै पर्ने भएपछि खनालले भारत रोजेका हुन् । खनालले केही समयदेखि स्वास्थ्य समस्या झेल्दै आएका छन् । उनको भ्रमण राजनीतिक नभई नितान्त व्यक्तिगत हुने र स्वास्थ्य उपचारमा नै समय खर्चिने बताइएको छ ।