काठमाडौँ । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले सोमबारको बैठकका क्रममा नेपाल समूहलाई सो भेला रोक्न आग्रह गरेपछि नेपाल-खनाल समूहले भेला नरोक्ने निर्णय गरेको हो ।
धुम्बाराहीमा दिउसो भएको दुई पक्षीय छलफलपछि नेपाल समूहको छुट्टै बैठक बानेश्वरस्थित अर्याल होटेलमा बसेको थियो । सो बैठकले भेला तोकिएकै मितिमा गर्ने निर्णय गरेको हो ।
भेलामा सहभागी एक केन्द्रीय सदस्यका अनुसार दुई पक्षीय छलफलमा आफ्नो समूहले राखेका मागमा अध्यक्ष ओली सहमत नभएपछि भेला नरोक्ने निर्णय भएको जानकारी दिए ।