arrow

झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य, समाचारहरुप्रति सचिवालयको आपत्ति

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
jhala-nath-khanal-protest-2021.jpg

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले स्पष्ट पारेको छ । त्यस्तै खनालको स्वास्थ्य समस्याबारे प्रकाशित समाचारको सचिवालयले खण्डन पनि गरेको छ ।

खनालका स्वकिय सचिव कृष्ण भट्टराईले विज्ञप्ति प्रकाशित गरि अनलाइन र छापा संचार माध्यमहरूमा खनालको स्वास्थ्यमा समस्या देखिएको भनी आएका समाचारहरु सत्य नभएको स्पष्ट पारेका हुन् ।

खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको तर बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खनालका स्वकिय सचिव भट्टराईले कुनैपनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुराहरुमा सुचना सम्प्रेषण गर्नु भन्दा अगाडि परिवारसँग जानकारी लिने र सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न पनि अनुरोध गरेका छन् । भट्टराईले भ्रामक अफवाहमा आधारित समचारहरु सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति हाम्रो गम्भीर आपत्ति रहेको बताएका छन् ।

विज्ञप्तिमा उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ लागिरहनु भएको हुँदा बाहिर आएको गलत सुचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तकहरुमा सबैमा आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
नयाँ