arrow

निषेधाज्ञाले ‘फुर्के धागो’ गीत टिकटकमा भाइरल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
nayan.jpg

काठमाडौं । झण्डै तीन बर्ष पुरानो ‘फुर्के धागो’ बोलको गीतले टिकटकमा भाइरल बनेको छ । गीतले एकाएक युटुबमा पनि ‘भ्यूज’ वढाएको छ ।

गीतले अहिले युटुबमा ११ लाख ओभर  ‘भ्यूज’ पाइसकेको छ । विश्वभर फैलिएको कोरोना कहर र जारी निषेधाज्ञाका कारण फुर्सदिला बनेका हजारौं टिकटक युजरहरुले यो गीतमा टिकटक बनाइरहेका छन् ।

गीतको चर्चा चुलिएसँगै यस गीतमा मोडलिङ गरेका नयन डिसी र बिनिताको मोडलिङ करिअरमा एउटा इट्टा थप्ने काम गरेको छ ।

मोडल डिसीका ‘तिमिलाई देख्दा मात्र’, ‘कुन गीत गाउँ’, ‘भाईरल भयो रे’, ‘तिम्रो रुपैले’, ‘चुईकम चपाउँदै’, ‘गजल गाइन्छ’ लगायतका दर्जनौ गीतमा लोभलाग्दो अभिनय गरिसकेका छन् ।

प्रभा वर्तौलाको शब्द रहेको गीतमा थानेश्वर गौतम र जुनु रिजाल काफ्लेको स्वर रहेको छ भने गौतम स्वयंमले संगीत भरेका छन्। थानेश्वर लोक–गजल गीतका कारण स्थापित गायक हुन् । उनलाई पनि गीत भाइरल बनेपछि सांगीतिक करिअरमा टेवा मिलेको छ ।



लोकप्रिय समाचार
नयाँ