काठमाडौं । बेलायतमा बसेर मोडलिङ क्षेत्रमा क्रियाशिल अनिता लिम्बुले चर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागिता जनाएकी छिन् ।
अडिसनमार्फत उक्त शो मा सहभागिता जनाउन पुगेकी अनिताले यसअघि अक्सफोर्ड फेशन विक र लण्डन फेशन शो मा पनि भाग लिइसकेकी छिन् ।
सामाजिक सञ्जाल इन्टग्राममा उनको कौशल देखेर आयोजक टिमले नै उनलाई रियालिटी शो मा भाग लिन आग्रह गरेको र त्यसपछि अडिसनमार्फत छनोट भएर शो मा भाग लिन गएको जानकारी दिइन ।
उक्त रियालिटी शो आई टिभी टू च्यानलमार्फत प्रशारण हुन्छ । ताप्लेजुङमा जन्मिएर इटहरी नगरपालिकाको तरहरामा हुर्केकी उनले सानै उमेरदेखि मोडलिङ र डान्सिङ प्रस्तुत गर्दै आइरहेकी थिएन ।
लण्डनमा बसेर मोडलिङ क्षेत्रमा क्रियाशिल अनिताले तीन बर्ष अघि लण्डनस्थित होस्टनमा आयोजित ‘फ्लेम इन्टरनेशनल आर्ट एण्ड फेसन फेस्टिवल–२०१८’मा विभिन्न चर्चित डिजाइनरहरुको क्रियशनमा स्टेजमा प्रस्तुत भएकी थिइन् ।
सन् २०१६ देखि फेसन र मोडलिङमा करियर बनाउन थालेकी उनले ‘सिक्रेट क्रस’मा सहभागिताले विश्व मोडलिङ शो हरुमा आफूलाई प्रस्तुती दिन सहज हुने अपेक्षा गरेकी छिन् । बेलायतमा ब्यूटी थेरापी सम्बन्धी अध्ययन पूरा गरेकी अनिता उक्त शो मा पुग्ने पहिलो नेपाली हुन् ।