काठमाडौं । यही मंगलबारबाट ५८ बर्षमा प्रवेश गरेका चर्चित अभिनेता राजेश हमालले नवनिर्मित धरहराको वार्दलीमा जन्मदिनको केक काटेको भिडियो सार्वजनिक भएको छ ।
कोरोनाका कारण यसपटकको जन्मदिन घरमै परिवारसँग मनाउने भनिए पनि उनले निर्माण भइरहेको धरहराको वार्दलीमा बसेर केक काट्दै कामदार र शुभेच्छुकहरुलाई खुवाएका थिए ।
हमाल पत्नी मधु भट्टराई समेत उपस्थित रहेको उक्त समारोहको तस्विर र भिडियो फिल्मकर्मी शिवराज कार्कीले सामाजिक संजालमा राखेका छन् । धरहरा पुनःनिर्माणमा खटिएका कामदार तथा श्रमिक र केही शुभेच्छुकको उपस्थितिमा हमालले केक काटेका थिए। तर धरहरामा सर्वसाधारणलाई प्रवेश दिइएको छैन् ।
विहे गरेपछि विगत केही बर्षदेखि घरयासी जीवनमा बढी व्यस्त रहेका हमालले ‘देउता, भाउजु, साथी, अल्लारे, गाउँले, अजम्बरी नाता, ढुकढुकी, बसन्ती, हामी तीन भाई’लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन् ।
चार बर्ष अघि फिल्म ‘शकुन्तला’मा काम गरेका हमाल यसबर्ष सत्यम’बाट पर्दामा फकिने तयारीमा थिए । वि.स.२०२१ सालमा पाल्पाको तानसेनमा पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका उनलाई सामाजिक सञ्जालमा ‘सुपरस्टार र महानायक’को रुपमा सम्बोधन गर्दै जन्मदिनको शुभकामनाओहिरो लागेको छ ।