arrow

आशा भोसलेकी छोरीले गोली हानेर गरेकी थिइन् आत्महत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
aasha.jpg

काठमाडौँ ।  सुमधुर स्वरकी धनी आशा भोसले लाखौँको मन जित्न सफल छिन् । आशाले अहिलेसम्म हजार भन्दा बढी फिल्मको गीत गाइसकेकी छन्। उनले २० भाषाहरूमा १४०००  गीतमा आफ्नो आवाज दिएकी छन्। आशा भोसले १० वर्षको उमेरदेखि नै गाउन थालेकी हुन् । आशाका बुबा दीनानाथ मंगेशकर एक प्रसिद्ध थिएटर अभिनेता र शास्त्रीय गायक थिए। जब आशा १० वर्षकी थिइन् , उनको बुबाको मृत्यु भयो।

यसै कारण उनले आफ्नो जेठी दिदी लता मंगेशकरसँग मिलेर गीत गाउने र अभिनय गर्न थालिन्।  आशा भोसले पहिलो भारतीय गायक हुन् जसलाई ग्र्यामी पुरस्कारका लागि मनोनयन गरिएको थियो। आशालाई १९९७ मा पहिलो पटक र सन् २००५ मा फेरि  ग्र्यामीमा नामाङ्कन मिल्यो।

आशाको व्यावसायिक जीवनमा जति धेरै उतार चढाव आए उनको व्यक्तिगत जीवन पनि त्यस्तै नै रह्यो।  उनकी छोरी वर्षाले आफूलाई गोली हानेर आत्महत्या गरिन् त्यो उनको जीवनकै सबैभन्दा दुखद पल हो ।  घटना २०१२ को हो। सो आत्महत्याको खबर सुनेर सबै छक्क परेका थिए। कसैलाई थाहा भएन किन उसले त्यस्तो गरिन्।

घटनाको समयमा आशा भोसले घरमा थिइनन् । आशा सिंगापुरमा आयोजित एक अवार्ड समारोहमा भाग लिन गएकी थिइन् । हिन्दी र मराठी फिल्महरूमा गाउनुका साथै पत्रिकाका निम्ति लेख्ने वर्षाले आमा आशासँग धेरै कन्सर्टमा भाग लिएकी थिइन् । तर उनी लामो समयदेखि डिप्रेसनमा थिइन।

वर्षाले भाइको पेस्तोलबाट आफैलाई गोली हानेकी थिइन्  । वर्षाको शव  नजिकबाट कुनै  सुसाइड नोट फेला परेन तर वर्षा डिप्रेसनको सिकार भएको बताइएको थियो । यसभन्दा पहिले पनि उनले आत्महत्या गर्ने प्रयास गरिसकेकी थिइन्।

वर्षाले सेप्टेम्बर २००८ मा पनि आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । त्यस समय  उनलाई जसलोक अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । उनी  मोटोपनाबाट पीडित भएको र सो कारण उनमा डिप्रेसन लगायत थुप्रै रोगहरू भएको खुलेको थियो ।

वर्षा आशा भोसलेका तीन सन्तानहरू मध्ये दोस्रो सन्तान हुन् । उनी मुम्बईमा मंगेशकर परिवारसँगै बस्थिन् । वर्षाले खेल लेखक हेमन्त केंकरेसँग विवाह गरेकी थिइन् , तर उनीहरूको १९९८ मा सम्बन्ध विच्छेद भयो । यसपछि, वर्षा मुम्बईमा उनको आमासँगै बस्न थालेकी थिइन् ।



लोकप्रिय समाचार
नयाँ