arrow

इलामका गायक विमलले ल्याए ‘मायाको दुरी’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
bimal-gautam.jpg

काठमाडौं । गायक विमल गौतमको शब्द, संगीत र स्वरमा ‘मायाको दुरी’ बोलको गीत सार्वजनिक भएको छ ।

एक दशक अधि ‘घरबेटी बा’ गीतमार्फत सांगीतिक क्षेत्रमा पाईला चालेका बिमलले तत्पस्चात अन्य दुई दर्जन गीतमा  आफ्नो स्वर दिइसकेका छन् ।

कोरोना संक्रमणले ग्रसित बनाएर आराम गरेको समयमा केही रचनत्मक काम गरौं भन्ने हेतुले समयअघि रेकर्ड भएको उक्त गीतको लिरिकल भिडियो बनाएको बताउँछन् ।

उनको आफ्नै यूट्युब च्यानलबाट सार्बजनिक भएको गीतमा मोहित मुनालको एरेन्ज रहेको छ भने सागर पाण्डेको रेकर्ड र किसन श्रेष्ठको मिक्सिङ रहेको छ ।

गीतको लिरिकल भिडियो अजय एनजीले तयार पारेका हुन् । निषेधाज्ञापछि उक्त गीतको म्युजिक भिडियो तयार गरिने जानकारी बिमलले गराएका छन् ।



लोकप्रिय समाचार
नयाँ