arrow

अक्षयले २५ वर्षसम्म दर्शकलाई बनाए मूर्ख

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
akshaya2.jpg

काठमाडौँ ।  बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'खिलाडीओं का खिलाडी' रिलिज भएको २५ वर्ष पुरा भएको छ । जुन १४ मा यस फिल्मको २५ औँ वार्षिकोत्सव मनाइनेछ। यस अवसरमा सुपरस्टार अक्षय कुमारले रोचक खुलासा गरेका छन्। 

अक्षय कुमारले हालसालै सोसल मिडियामा यस फिल्मसँग सम्बन्धित एउटा हास्यास्पद घटना शेयर गरेका छन् । अभिनेताले २५ वर्ष अघि यो फिल्ममा उनले वास्तविक अण्डरटेकरसँग प्रतिस्पर्धा गरेका थिएनन् ।  उनले प्रसिद्ध रेसलर ब्रायन लीसँग प्रतिस्पर्धा गरेका थिए । यसका साथै अक्षय कुमारले सोसल मिडियामा हास्यास्पद मिम पनि शेयर गरेका छन्।

यो खुलासा पछि अक्षय कुमार, रवीना टन्डन र रेखा स्टारर यस फिल्मका फ्यानहरू स्तब्ध भएका छन्। वर्षौँसम्म, मानिसहरूले  फिल्म स्टार अक्षय कुमारले वास्तविक अण्डरटेकरसँग लडेको भन्ने सोच्थे। अब अक्षय कुमारको यो खुलासाले फ्यानहरूलाई चकित बनाएको छ । 

अक्षय कुमार अभिनीत सो फिल्म खिलाडी सिरिजको फिल्म थियो । जुन सन् १९९६ मा रिलिज भएको थियो । यो निर्देशक उमेश मिश्राले निर्देशन गरेका थिए। अक्षय कुमारसँग फिल्ममा रवीना टण्डन र रेखा मुख्य भूमिकामा थिए। 

फिल्मको कूल बजेट करिब ७ करोड भारु थियो। बक्स अफिसमा यस फिल्मले त्यति बेला राम्रो कमाई गर्दै करिब २५ करोड रुपैयाँ सङ्कलन गरेको थियो । यस फिल्ममा अक्षय कुमार र 'अण्डरटेकर' को फाइट मुख्य आकर्षण थियो । अब अक्षय कुमारको यो खुलासाले फ्यानहरूलाई चकित बनाएको छ ।

अक्षय कुमार अभिनीत हरेक चलचित्रको चर्चा हुने गरेको छ । उनी फिल्म सोर्यावंशी रिलिजको पर्खाइमा रहेका छन् । 



लोकप्रिय समाचार
नयाँ