arrow

‘आत्मबल बलियो बनाऔं, सतर्कता अपनाऔं कोरोना जित्न सकिन्छ’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
prakash saput.jpg

काठमाडौं । चर्चित गायक तथा संगीतकार प्रकाश सपुत आफू कोरोना संक्रमणमुक्त भएपछि सचेतना अपनाउन सकिए कोरोना जित्न सकिने सन्देश दिएका छन् ।

काठमाडौं मेडिकल कलेजमा गरिएको पिसिआर रिपोर्ट अनुसार बैशाख १७ गते शुक्रबार आफूमा कोरोना संक्रमण पुष्टिको उनले बताएका थिए ।

कोरोनामुक्त भएपछि सपुतले विहीबार सामाजिक संजालमार्फत आफ्नो ५६ वर्षीय बुबा र ५३ वर्षीय आमाले पनि कोरोना जितेको जानकारी गराउँदै सचेत रहन आग्रह गरेका हुन् ।

उनले कोरोना भाइरस आफैंमा भयानक भएपनि यसले पार्ने मानसिक असर र पीडा अझै भयानक हुने तर सतर्कत अपनाय जित्न सकिने बताएका छन् ।

कोरोना भाईरस आफैंमा भयानक छ । अझै परिवारमा कोहि संक्रमित भएपछि यसले पार्ने मानसिक असर र पिडा अझै भयानक हुने रहेछ । यद्यपी, कोरोना जित्न सकिन्छ है । आत्मबल राखौ । हौसला राखौ । सतर्कता अपनाउ । सुरक्षित र सकरात्मक रहौ ।

हाम्रो ५६ वर्षीय बाबा र ५३ वर्षीय आमाले पनी लगभग कोरोना जित्नु भएको छ । सदरमुकाममा रहेको अस्पतालसम्म लैजान समयमै निःशुल्क एम्बुलेन्स व्यवस्थापन गर्नुभएकोमा स्वास्थ्य व्यवस्थापनको टिम सहित काठेखोला गाउ पालिका (अध्यक्ष अमर थापा)लाई धन्यबाद । गाउँस्तरमा यत्तिको प्रयास धेरै राम्रो हो । हामी काठमाण्डौबाट आउन यात्रा अनुमती सिफ़ारिश गरिदिने वडा कार्यालय धम्जा (अध्यक्ष याम श्रिष)लाई धन्यवाद । स्वास्थ्य जाँच र उचित सल्लाहका लागि अञ्चल अस्पताल बाग्लुङका स्वास्थ्यकर्मीहरुप्रति आभारी छौं ।

विशेष त आफ्नै भवनमा अक्सिजन र निःशुल्क भोजन सहितको आईशुलेशन व्यवस्थापन गरेकोमा बागलुङ नगरपालिका लाई विशेष धन्यबाद । नगर बासी मात्र होईन संक्रमित भई अफ्ठ्यारोमा परेका जो कसैलाई आफ्नो अर्काको नभनी आईशुलेसन व्यवस्थापन गरि सहयोग गर्नु भएकोले स्थानीय तहमा सरकार रैछ है भन्ने अनुभुती भयो ।

नगरप्रमुख (मेयर)जनक शर्मा सर लगायत सबैलाई धन्यबाद । देशैभरी स्थानीय तहले कम्तीको यत्तिको तयारी गर्नुहुन आग्रह पनी छ । दिल शिरिष दाई, खिम बिक सर, टिका संगम मामा, विष्णु छामा, दिनेश जि़शी सर, शिखर होटल, होटल पिस प्यालेस, हिमाल श्रेष्ठ दाई लगायत सबैप्रति विभिन्न सहयोगको लागि आभारी छौं । पहिलो कुरा त आफु सतर्क रहौं । र सतर्कता अपनाएर आफ्नो ठाउमा सक्दो सहयोग र हौसला प्रदान पनी गरौं । सबै सबैमा धेरै धन्यबाद । धेरै माया ।



लोकप्रिय समाचार
नयाँ