काठमाडौं । नेपाली चलचित्र जगतकी सदावहार नायिका करिश्मा मानन्धर ४७ वर्षमा प्रवेश गरेकी छिन् । उनको जन्म २०३० साल माघ २२ गते काठमाडौं बत्तीसपुतलीमा भएको थियो ।
उनको वास्तविक नाम भने बुनु केसी हो । नाम परिवर्तन गरेर करिश्माले १४ वर्षको उमेरमा अभिनय करिअर सुरु गरेकी थिइन् ।
उमेरले ४० पाइला टेकेपछि विद्यालयमा गएर अध्ययन गरी एसईई उत्तिर्ण गरेकी उनी हाल प्लस टूमा अध्ययनरत छिन् ।
चलचित्र ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी करिश्माले ‘कस्तुरी', 'ट्रक ड्राइभर', 'भाउजु', 'मायालु', 'एक नम्बरको पाखे', 'जिन्दगी', 'बसन्ती', 'ढुकढुकी’ लगायतका चलचित्रले उनको करिअर उत्कर्षमा पुर्याएको थियो ।
सात महिना मुम्बई गएर मधुमति डान्स सेन्टरमा नृत्य र अभिनय समेत सिकेकी उनी नेपाल फर्किएर अभिनय गर्दा राजेश हमालसँगको ‘केमेस्ट्री’ अत्याधिक रुचाइएको थियो ।