काँग्रेस नेताको धम्कीपछि अमिताभले बङ्गलामा बढाए सुरक्षा
प्रकाशित २०७७ फागुन ९ आइतबार
214
Shares
काठमाडौँ। बलिउड मेगास्टार अमिताभ बच्चनले आफ्नो बङ्गला 'जलसा' मा सुरक्षा बढाएका छन् । काँग्रेस नेताको धम्की पछि अमिताभ बच्चनले बङ्गला 'जलसा' को सुरक्षा बढाएका हुन् । उनको बङ्गला 'जलसा' को सुरक्षामा मुम्बई पुलिस खटाइएको छ ।
पछिल्लो समय अमिताभको घरबाहिरका केही तस्बिर र भिडियोहरू सोसल मिडियामा एकदमै भाइरल भइरहेको छ। सो तस्बिर र भिडियोमा अमिताभ बच्चनको घरको बाहिर मुम्बई पुलिस ठुलो सङ्ख्यामा देखिएको छ।
हालै महाराष्ट्र प्रदेश काँग्रेसका अध्यक्ष नाना पटोलेले अभिनेतालाई मुम्बईमा सुटिङ गर्न नदिने धम्की दिएका थिए। वास्तवमा, काँग्रेस नेता नाना पटोलेले अमिताभ बच्चन र अक्षय कुमारको आलोचना गर्दै भनेका थिए " जो व्यक्ति मनमोहन सरकारको विरुद्ध ट्विट गर्थे । आज नरेन्द्र मोदी सरकारको तानाशाही देखेर पनि मौन छन्।'
साथै नाना पटोलेले अमिताभ बच्चन र अक्षय कुमारको कुनै पनि फिल्मको शूटिंग हुने नदिने स्पष्ट भनेका छन् । नाना पटोलेले अमिताभमाथि शब्द प्रहार गरेसँगै अमिताभले मुम्बई प्रहरीलाई उनको घर बाहिर हुने कुनै पनि प्रदर्शनलाई रोक्नको लागि तैनाथ गरेका छन्।
पछिल्लो समय अमिताभ सुटिङमा व्यस्त छन् । बच्चन तीन ठुला फिल्महरूमा देखा पर्दैछन। जसमामा 'झुन्ड' फिल्ममा अमिताभ फुटबल कोचको भूमिकामा छन् । त्यस्तै, उनी आलिया भट्ट र रणवीर कपूरसँग 'ब्रह्मास्त्र' मा देखा पर्नेछन्। उनी फिल्म 'चेहरे' मा अभिनेता इमरान हश्मीसँगै देखा पर्नेछन्।