काठमाडौं । झुमा निरौलाको स्वर रहेको ‘आफू हाँस्यौ’को भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको कथा बोकेको भिडियो मार्मिक बनेको छ ।
किशन अर्यालको निर्देशन रहेको गीतमा घनश्याम पथिकको शब्द, हरि लम्सालको सङ्गीत, प्रविन खालिङको एरेञ्ज रहेको छ ।
भिडियोमा सविन भट्टराई, झुमा निरौला, रोजिना अर्याल, सरगमश्री भट्टराई र आर्याना अधिकारीको अभिनय रहेको छ ।
मित्र लामाको मिक्सिङ तथा माष्टिरङ रहेको गीतको भिडियोको किशनले नै सम्पादन गरेका छन् ।
सरगमश्री र आलाप भट्टराईले निर्माण गरेको गीतको भिडियोमा देवेन्द्र गिरीको छायांकन रहेको छ ।
धेरै विश्वास र माया गरेको मान्छेले सम्बन्धमा बेइमानी गरेको घट्नालाई भिडियोमा कलात्मक रुपममा प्रस्तुत गरिएको छ ।
वैवाहिक जीवनमा देखिएको उतलपुथल र वाल कलाकारको अभिनयले भिडियो निकै मार्मिक बनेको छ ।