काठमाडौँ । चर्चित गीतकार शिव हमालको लय तथा शब्दमा लोकदोहोरी गीत 'झुम्के मायालु...' रिलिज भएको छ ।
पछिल्लो समय व्यापक रुचाइएका गायक विमल परियार र मिठो आवाजकी धनी गायिका राखी मल्लको आवाजमा आइतबार रिलिज भएको हो ।
विश्वास नेपालको सङ्गीत संयोजन रहेको गीतको भिडिओले रिलिज भएको छोटो समयमा नै चौतर्फी चर्चा बटुल्न सफल भएको छ ।
गीतको भिडिओलाई शिव हमालको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
पछिल्लो समयमा व्यापक रुचाइएका मोडल तथा निर्देशक सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको भिडिओमा मोडल समारिका ढकाल र सुनिल क्षेत्रीलाई नै देख्न सकिन्छ ।
दुर्गा पौडेलको छायाङ्कन रहेको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका छन् ।