arrow

अमेरिकामा तयार भयो छविको हलिउड स्तरको नेपाली भिडियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
chabi.jpg

काठमाडौं। गायक छवि न्यौपानेको स्वर रहेको ‘कुल्चि हिँड्छन् फूललाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

अमेरिकाको सिनसिनाटी ओहायो राज्य निवासी गायक न्यौपानेको कदर एल्बममा समावेश भएको गीत ‘कुल्चि हिँड्छन् फूललाई’को म्यूजिक भिडियो बजारमा आए लगत्तै राम्रो चर्चा सुरु भएको छ ।

गीत संगीतमा रम्न रुचाउने गायक न्यौपाने उपयुक्त समयको पर्खाइमा रहेको र अहिले आएर एकपछि अर्को गुणस्तरीय गीतहरु बजारमा ल्याइरहेका छन् ।

मेलिना राईसँगको यो जुनीमा तिम्रो बोलको गीत बजारमा ल्याएको छोटो समयमा नै उक्त भिडियोले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा कमाउन सफल भएको थियो । यो जुनीमा तिम्रोको सफलतासँगै छवीको स्वरमा सजिएको ‘कुल्चि हिँड्छन् फूललाई’ले व्यापक चर्चा बटुलीरहेको छ । जसमा मिठा मिठा शब्द शृजना गर्न माहिर गीतकार तथा गजलकार खेम रिजालको शब्द,  कुशल संगीतकार तथा गायक कर्मा ग्यान्चेन बम्जनको संगीत रहेको छ ।

अभिनेता सुवास थापाको निर्देशनमा तयार भएको भिडियो अमेरिकामा नै छायांकन गरिएको हो । जसमा सुवास थापा, विनिता खड्का थापा, सिइला, प्याट्रिक र कृष्टिनको अभिनय  देख्न सकिन्छ ।  भिडियोमा विनिता खड्का थापाको कोरियोग्राफी रहेको छ ।  भिडियोमा सुवास र विनिताको कलात्मक अभिनय देख्न सकिन्छ ।

भिडियोमा माया गर्ने प्रेमीको मायाको सम्मान नगरी उसको प्रेमलाई वेवास्ता गर्दै विदेशी स्त्रीसँगको क्षणीक सम्बन्ध राख्दाको दुर्गतीलाई देखाइएको छ । आफ्नो परिवारलाई बेवास्ता गरेर क्षणीक माया जालमा पर्दाको दुरावस्थालाई भिडियोमा नजिकबाट केलाएको छ । जसलाई निर्देशक थापाले पछिल्ला दिनमा समाजमा देखिने विकराल परिस्थितीलाई जस्ताको त्यस्तै कथामा उनेका छन् ।

‘कोही मेरो,’ ‘तथास्तु’, ‘तोरी लाहुरे’, ‘ब्रेकफेल’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका फिल्ममा अभिनय गरेका निर्देशक थापा एक कुशल कलाकार हुन् । पूर्व प्रेमी प्रेमीकाको मिलन बिछोड र जीवनको उतारचढावको कथा प्रस्तुत गरिएको भिडियो तोरी राइसले छायाँकन गरेका हुन् । अराज केशव गिरीको सम्पादन रहेको भिडियो एनपी म्यूजिक हबबाट रिलिज गरिएको छ ।

 



लोकप्रिय समाचार
नयाँ